Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद चलिरहँदा फेसबुकमा व्यस्त तोसिमा कार्की

संसद चलिरहँदा फेसबुकमा व्यस्त तोसिमा कार्की


  • 3.7K
    Shares

    संसद चलिरहँदा फेसबुकमा व्यस्त तोसिमा कार्की

    काठमाडौं । नेपालको सांसदमा सांसदहरु निदाउने, ‘साइड टक’ गर्ने र फोनमा व्यस्त हुने कुरा नयाँ होइन् । तर, जनताले भरोसा गरेका सांसदहरुले यसो गर्नु भने असोभनीय हो ।

    आजको सांसदमा यस्तै दृश्य देखियो । आज प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको थियो । रोष्टममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार बोलिरहेका थिए ।

    ठीक त्यहि समयमा रास्वपाकै सांसद तोसिमा कार्कीको फेसबुकबाट एक स्ट्याटस पोष्ट भयो । ठिक १ : ५५ बजे । यो समयमा चलिरहेको संसदको फुटेज हेर्दा सांसद कार्की र रास्वपाका अर्का सांसद विन्दवासिनी कंसकारको अनुहार भुँइ तिर हेरेको देखिन्छ ।

    सांसद चलिरहेको समयमा कार्कीले लेखेकी छन्– जानकी, राजा जनक की छोरी हुन्, जनक मिथिलाका राजा थिए, जनकपुर मिथिलाको राजधानी थियो, जनकपुर नेपालमा छ । र जानकी नेपालकी छोरी हुन् । यसैलाई उनले हिन्दीमा पनि लेखेकी छन्– हम नेपालीयों को तो ये गौरवपूर्ण इतिहास मालुम ही हैं । हमारी पडोसी राष्ट्रके लोगों के सहजता के लिए हमने ये हिंदीमें लिखा हैं।



    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १४:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij