२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि नै बैंकिङ्ग क्षेत्रमा तरलता अभाव व्यापाक रुपमा हुँदै आएको थियो । नेपालको बैंकिङ्ग प्रणालीमा तरलता र लगानीयोग्य पुँजीमा कमी आई ब्याजदर बढेको थियो ।
कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रुपमा पुनरुत्थान हुँदै गएको अवस्थमा रुस–युक्रेन युद्धको असर र आयात तिव्र वृद्धि हुदाँ बैंकिङ्ग प्रणालीमा तरलता तथा लगानीयोग्य पुँजी कमी आएको थियो, जसले ब्याजदर पनि बढेको थियो । पछिल्लो समय भने विस्तारै सहज बन्दै आएको छ । बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ । बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्दो छ । बैंकहरुमा ऋण दिनका लागि मनग्य रकम थुप्रिएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कर्जा प्रवाह भने ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ४८ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले ४२ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
निक्षेप बढेता पनि कर्जा विस्तार भने एकदमै न्युन छ । पछिल्लो समय अन्तर बैंक ब्याजदर पनि निरन्तर घटी रहेको छ । निक्षेप बढ्दै आजने र कर्जा प्रवाह कम हुँदा अन्तर बैंक ब्याजदर पनि घटेको हो । हाल अन्तर बैंक ब्याजदर ५.७४ प्रतिशतमा झरेको छ । जसले तरलता सहज हुँदै गएको देखाएको छ । अन्तर बैंक ब्याजदर घट्नुले वित्तीय बजारमा तरलता सहज हुँदै गएको संकेत गर्छ।
राष्ट्र बैंकका अनुसार पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै आएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८४.१९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।
बैंकमा लगानीयोग्य रकम पर्याप्त रहे पनि उच ब्याजदरका कारण कर्जाको माग सुस्त छ । ब्याजदर उच्च भएका कारण कर्जा माग कम भएको हो । विश्व बजारमा देखिएको आर्थिक मन्दी लगायत कारण लगानीको वातावरण बिग्रदो छ । अर्थतन्त्रमा आएको संकटले पनि कर्जाको माग बढ्न नसकेको अवस्था छ । यस्ता कारण पनि कर्जा प्रवाहले गति लिन नसकेको बताइन्छ । यद्यपि, बैंकहरुले कर्जाको पनि ब्याजदर घटाएकाले अब भने बढ्ने विश्वास लिइएको छ ।
बैंकहरुले असारमा महिनामा कर्जाको ब्याजदर पनि घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कर्जाको ब्याजदर भने केही घटेको छ । बैंकहरुले कर्जाको ब्याजदर शून्य दशमलव २ प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशत घटाएका छन् । बैंकहरुको बेस रेटको आधारमा कर्जाको ब्याजदर केही घटेको हो । योसंगै असारमा कर्जाको औसत ब्याजदर १२.४५ प्रतिशत कायम भएको छ । तर, गत बैशाखमा भने यस्तो ब्याजदर १.६५ प्रतिशत रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij