Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउने

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउने


  • 3.3K
    Shares

    सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउने

    काठमाडौँ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो । 

    देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीका अनुसार महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको ५०१ सदस्यीय मूलसमिति बनाइएको छ ।

    दाहाल नै संयोजक रहेको पाँच सदस्यीय निर्देशन समिति छ । यो समितिमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्य सचिवमा पर्यटन विज्ञ सुवेदी हुनुहुन्छ । 

    उपप्रमुख अधिकारी संयोजक रहेको कार्यसम्पादन समिति बन्दैछ । विभिन्न उपसमिति बन्ने क्रममा छन् । कतिपय समितिले काम थालेका छन् । भ्रमण वर्षको लोगो तयार भइसकेको छ भने नारा तयहुँदै गरेको सुवेदीले जानकारी दिए। सूचनाका लागि ब्रोसर, वृत्तचित्र र एप बन्दैछ । सङ्घ र प्रदेशमा विभिन्न प्रस्ताव पेस गरिएको छ ।

    दाहालले महानगरको गन्तव्य राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, पर्यटकको सङ्ख्या र बसाइँअवधि वृद्धि गर्न भ्रमण वर्ष मनाउन लागिएको बताए। उनले महानगरभित्रका नयाँ गन्तव्य पहिचान गरी प्रचारप्रसार गरिने जानकारी दिए। 

    महानगरभित्रका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सौन्दर्यकरण गरिने दाहालको भनाइ छ । उनले भने “भ्रमण वर्षका अवसरमा सङ्घ, प्रदेश र राष्ट्रियस्तरका ५० भन्दा बढी कार्यक्रम गर्ने योजनामा छौँ ।” भरतपुर देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको भन्दै उनले भ्रमण वर्षको कार्यक्रमले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए।
     
    उपप्रमुख अधिकारीले महानगरभित्र पहिचान भएका महत्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेको बताए । ती मध्ये मेघौली, पटिहानी, नारायणी सि बीच मोडल, बीस हजारी ताल, देवघाट धाम, चौकीडाँडा गरी सात वटालाई प्रमुख गन्तव्यको रुपमा राखेर प्रबद्र्धन गरिँदै आएको बताए।
     
    अधिकारीले भने “कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्ष प्रभावकारी हुनेछ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार भरतपुर महानगरका धेरै ठाउँबाट रहेका छन् । निकुञ्जको धेरै जनावर पाइने पश्चिमी क्षेत्र महानगर हुँदै प्रवेश गरिन्छ ।
     
    सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म भरतपुरमा पर्दछन् । त्यसो त पवित्र तीर्थस्थल देवघाटधाम, गणेशधामलगायत धार्मिकस्थल पनि यहाँ रहेका छन् । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । दुवै नदी पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण मानिन्छन् । चितवन देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पछिल्लो समय जिल्ला आउने खर्चिला पर्यटकको रोजाईँ भरतपुर महानगरको पटिहानी, जगतपुर, मेघौली हुने गरेको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १६:०२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij