Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मितेरी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.0K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको करिब ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ३९ हजार १६२ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी ललिता थापाको २९ हजार १६२ कित्ता र अम्बरबहादुर थापाको १० हजार कित्ता सेयर छन्। 

    ललिता थापाको नाममा रहेको सेयर बिक्रीका लागि यसअघि ३५ दिने सूचना प्रकाशित भएकोमा संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन परेको थिएन। त्यसैले अब यो सेयरमा संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन् । उता अम्बरबहादुर थापाको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पाउनेछन्।

    यी दुवै संस्थापकको सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको अवधिमा सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा धितोपत्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा खरिद आवेदन सक्नेछन्।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १०:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij