२०८२ माघ ८ गते बिहिवार
भारत । भारतको राजधानी नयाँदिल्लीमा गोली हानेर दुई जना महिलाको हत्या गरिएको छ। द इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान ४:१५ बजेतिर यो गोलीकाण्ड भएको हो।
गोली लागि मारिनेहरूमा ३० वर्षकी पिंकी र २९ वर्षकी ज्योति रहेको खुलेको छ। उनीहरूमाथि गोली चलाउने व्यक्तिको पहिचान हुन बाँकी रहेको र मृतकको शव अस्पतालमा लगिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
प्रारम्भिक अनुसन्धानमा ती अपरिचित व्यक्ति पैसा लेनदेनको विषयमा कुरा गर्न मृतकका भाइलाई खोज्दै आएको खुलेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij