Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सर्वोच्चद्वारा केपी कदमलाई झापड, मीठो अय्ला, नमीठो बर्थ डे !

सर्वोच्चद्वारा केपी कदमलाई झापड, मीठो अय्ला, नमीठो बर्थ डे !


  • 9.1K
    Shares

    सर्वोच्चद्वारा केपी कदमलाई झापड, मीठो अय्ला, नमीठो बर्थ डे !

    काठमाडौं । नेपालको संविधानको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्माद्वारा गरिएको संसद विघटनलाई सर्बोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
     प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक कदममा रबरस्ट्याम्पको भूमिका निर्वाहगर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए । 
     सर्बोच्चले संसद पुनस्थापनासँगै  १३ दिनभित्रै संसद बैठक बोलाउन समेत आदेश दिएको छ ।
     उनकै जन्मदिन पारेर गरिएको फैसलाले प्रम केपी ओलीलाई उनको ७० औं जन्मदिन सर्वाधिक दुःखद् दिन सावित भएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १८:३६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij