Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच सम्झौता, इलेक्ट्रिक भेहिकल किन्नेलाई कर्जा दिने

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच सम्झौता, इलेक्ट्रिक भेहिकल किन्नेलाई कर्जा दिने


  • 3.1K
    Shares

    प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच सम्झौता, इलेक्ट्रिक भेहिकल किन्नेलाई कर्जा दिने

    काठमाडौँ ।  प्यारामाउण्ट मोटर्स प्राइभेट लिमिटेड र प्रभु बैंक लिमिटेड बिच सम्झौता भएको छ । बैंक र प्यारामाउण्ट मोटर्सबीच एम्जी इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता भएको हो । 

    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्सको तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा।लि।द्वाारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

    हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १५:००:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij