Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सरकारी वकिलको जवाफी बहस पनि सकियो, आजै थुनछेक आदेश आउने

सरकारी वकिलको जवाफी बहस पनि सकियो, आजै थुनछेक आदेश आउने


  • 2.5K
    Shares

    सरकारी वकिलको जवाफी बहस पनि सकियो, आजै थुनछेक आदेश आउने
    images

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरेको प्रकरणको सबै बहस सकिएको छ।

    शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पाँचजना सरकारी वकिल र दुईजना अधिवक्ताले जवाफी बहस सकेका छन्। 

    जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले यस मुद्दामा आदेश दिने छन्। न्यौपानेले पक्राउ परेका १८ जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने र साधारण तारेखमा छाड्ने आदेश गर्न सक्नेछन्। 

    बिहीबार सरकारी वकिलहरु लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरिसानी, दिनेश भट्टराई, सरकारी वकिल प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गरे। त्यसैगरी जाहेरवालाको तर्फबाट निजी वकिलहरु स्वागत नेपाल र ध्रुवलाल श्रेष्ठले पनि बहस गरे। 

    गत बुधबारदेखि यही बिहीबारसम्म १८ जना प्रतिवादीहरुका वकिलले प्रतिरक्षा बहस गरिसकेपछि सरकारी वकिलहरुले जवाफ दिएका हु्न। 

    बिहीबार सबैभन्दा पहिले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले बहस गरेका थिए। उनले यो मुद्दाका अभियुक्तहरु निर्दोष सावित भए आफूहरु जेल जान तयार रहेको जवाफ दिए। 

    प्रतिरक्षा बहसका क्रममा बालकृष्ण खाँणसहितका निर्दोषहरुलाई फसाउने गरी मुद्दा अघि बढाएको भन्दै अधिवक्ताहरुले सरकरी वकिलहरुलाई कारबाही गर्नुपर्ने कुरा उठाएका थिए।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १२:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij