Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी केन्द्रीय समिति बैठक असार तेस्रो साता

माओवादी केन्द्रीय समिति बैठक असार तेस्रो साता


  • 1.6K
    Shares

    माओवादी केन्द्रीय समिति बैठक असार तेस्रो साता

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । सो पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने एेजण्डाका विषयमा छलफल भइरहेकाले असार तेस्रो साता बैठक बस्ने योजना बनाइएको हो ।

    गत चैत १ गते बसेको केन्द्रीय समिति बैठक तीन महिनापछि असार तेस्रो साता बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘केन्द्रीय समिति बैठक बस्ने भएपछि एजेण्डाका विषयमा छलफल भइरहेको छ’ उनले भने, ‘सबै एजेण्डा तय भएपछि बैठकको मिति सार्वजनिक गर्ने छौं ।’ 

    केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा संगठन विभागले गृहकार्य जारी राखेको छ । यदि समाजवादी मोर्चा तत्काल घोषणा हुने अवस्थामा बैठकको मिति अगाडि सर्न सक्ने बताइएको छ ।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १०:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij