Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मलाई लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार छु : प्रधानन्यायाधीश हरिकृष्ण कार्की

मलाई लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार छु : प्रधानन्यायाधीश हरिकृष्ण कार्की


  • 2.7K
    Shares

    मलाई लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार छु :  प्रधानन्यायाधीश हरिकृष्ण कार्की

    काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । 

    आज संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने मलाई लागेको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउनुस्, प्रमाणित भए म जुनसुकै पेसा छोडेर बाहिरिन तयार छु ।  मैले २०४० सालदेखि हालसम्म अनियमितता गरेको छैन, प्रमाणित भएमा भोलि नै राजीनामा दिन तयार छु । 

    कार्कीले आफू विगतदेखि नै न्यायपालिका शुद्धिकरणका लागि लागेको  भन्दै न्यायपालिका शुद्धिकरणका लागि लागि रहने दाबी गरेका छन् । 

    कार्कीले भने धेरैले वहालवाला न्यायाधीशको बारेमा प्रश्न उठाउनुभयो त्यसको बारेमा म जवाफ दिन सक्दिन, म न्यायापरिषदको अध्यक्ष मात्र हो अरू ४ जना सदस्य पनि छन् । सम्बन्धित निकायबाट उहाँमाथि छानबिन हुनेमा विश्वस्त छु ।

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १०:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij