२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । सानिमा बैंक लिमिटेड र इसामु जापानिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमागबीच सम्झोता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको हो ।
उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट–क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । उक्त रेष्टुरेन्टमा ग्राहकहरुले विभिन्न प्रकारका जापनिज परिकारहरुको स्वाद लिन सकिनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध गराएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२२ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij