Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मुख्यसचिव परिवर्तन, वैकुण्ठ अर्याल नयाँ मुख्यसचिवमा नियुक्त

मुख्यसचिव परिवर्तन, वैकुण्ठ अर्याल नयाँ मुख्यसचिवमा नियुक्त


  • 2.5K
    Shares

    मुख्यसचिव परिवर्तन, वैकुण्ठ अर्याल नयाँ मुख्यसचिवमा नियुक्त

    काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । 

    आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए । वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जस्तै एक पदमा नियुक्त गरिएको विशेष सूत्रले प्रशासनलाई जानकारी दियो

    अर्याललाई मुख्यसचिव बनाउनकै लागि आज मन्त्रिपरिषद बैठक डाकिएको थियो । वैरागीलाई आकर्षक पदमा व्यवस्थापन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी रहेको प्रशासन डटकमले बुधवार साँझ १० बजे समाचार ब्रेक गरेको थियो ।

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - ०९:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij