२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ ३० गतेदेखि १ लाख १९ हजार ५५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । बैंकको शेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
मुक्तिनाथ विकास बैंकको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बैंकको शेयर खरीदका लागि विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौं आवेदन पेश गर्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij