Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गोरखा चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्ध खोप अभियान

गोरखा चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्ध खोप अभियान


  • 2.4K
    Shares

    गोरखा चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्ध खोप अभियान

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिका र किमोलुङ फाण्डेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अभियान सुरु भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

    चुमनुब्रीमामा वडा नम्बर ३ बाट खोप लगाउने अभियान सुरु भएको उनले बताए। शिविरमा एक सय १४ जनालाई हेपाटाइटिस विरुद्धको खोप लगाइएको लामाले जानकारी दिए । खोप लगाइएको मध्ये ४५ जना पुरुष र ६९ जना महिला रहेको उनले बताए ।

    ‘जगतमा शिविर सञ्चालन गरेर खोप लगाउने अभियान थालिएको छ, उनले भने, ‘अव क्रमसः अन्य वडाहरुमा पनि खोप लगाउने अभियान निरन्तर सञ्चालन गरिनेछ ।’ अभियान अन्तरगत मंगलबार जगतमा सञ्चालन गरिएको शिविरमा १ सय ६० जनाको हेपाटाइटिस बी को परीक्षण गरिएको किमोलुङ फाण्डेशनका अध्यक्ष वान्चुक राप्तेन लामाले जानकारी दिए ।

    ‘पहिलो दिन ७३ जना पुरुष र ८७ जना महिलामा हेपाटाइटिस बी को परीक्षण गरिएको छ, उनले भने, परिक्षण गरिएका मध्ये ६ जनामा हेपाटाइटिस बि पोजेटिभ देखिएको छ ।’ गाउँपालिकाको न्याकमा बुधबार, असार २ गते सर्योकडाँडा, ३ गते बाङसिङ, ४ गते सानोफिलिम, ५ गते पाति र ६ गते सिर्दिबास स्वास्थ्य चौकीमा खोप अभियान संचालन हुनेछ ।

    अन्य वडामा आगामी अक्टोबरमा खोप अभियान सञ्चालन गरिने कायक्रम रहेको गाउँपालिकाले जनाएको छ । पहिलो डोज लगाएका व्यक्तिले एक महिनापछि दोस्रो डोज र ६ महिना पछि तेस्रो डोज लगाउनुपर्ने लामाले बताए। खोप कार्यक्रम सञ्चालन गर्नु अघि पालिकाका स्वास्थ्यकर्मीहरुलाई हेपाटाइटिस रोग सम्बन्धी प्रशिक्षण समेत दिइएको जनाइएको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १४:३८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij