२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नबिल बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एक १०० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले ट्रेनी असिस्टेन्टमा ५० जना र जुनियर टेलरमा ५० जना कर्मचारीको माग
ट्रेनी असिस्टेन्टको हकमा कम्तीमा एक वर्ष ट्रेनिङ गरेको, कम्तीमा सेकेण्ड डिभिजनमा ब्याचलर डिग्री उर्तीर्ण गरेको २५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।
जुनियर टेलरको लागि कम्तीमा सेकेण्ड डिभिजनमा १२ पास उर्तीर्ण हुनुपर्ने छ । उमेरको हकमा २३ वर्ष ननाघेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित नबिल बैंकको बेवसाइटमार्फत असार १३ गते भित्र आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij