Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरण: आज दोस्रो दिन पनि खाँणको तर्फबाट बहस हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण: आज दोस्रो दिन पनि खाँणको तर्फबाट बहस हुँदै


  • 3.1K
    Shares

    नक्कली भुटानी शरणार्थी प्रकरण: आज दोस्रो दिन पनि खाँणको तर्फबाट बहस हुँदै
    images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको थुनछेक बहस लम्बिएको छ । हिरासतमा रहेका १८ प्रतिवादीका तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मंगलबारसम्मको समय दिएका थिए । तर खाणका पक्षमा १० जनाले वकालत गरेपछि मंगलबारको समय सकिएको थियो । 

    पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायीहरू शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए ।

    खाणको पक्षका अरु वकिलहरुको बहस हुँन बाँकी नै छ। जसअनुसार बालकृष्णको सुनुवाइ आज पनि हुनेछ । त्यसपछि प्रतिवादी टेकनाथ रिजालका तर्फबाट १६ जना अधिवक्ताले बहस गर्ने छन् ।

    यसैगरी आङटावा शेर्पाका तीन, हरिभक्त महर्जनका दुई र शमशेर मियाँ तथा लक्ष्मी महर्जनका एकरएक अधिवक्ताले बहस गरेपछि जवाफी बहस भएर आदेश जारी गर्नुपर्ने भएकाले १–२ दिन थप समय लाग्ने देखिएको छ। यसअघि न्यायाधीश न्यौपानेले इजलास सुरु गर्दा बुधबार आदेश दिनेगरी सुनुवाइ गर्ने बताएका थिए । 

    तर अब प्रतिवादीहरूका तर्फबाट वकिलहरूले बहस सकेपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।  

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १०:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij