२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा २१ करोड ८३ लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज साँझ ५ ०६ बजेसम्म २४ हजार ८५ जना आवेदकले २१ लाख ८३ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले जेठ २२ गतेदेखि हकप्रद हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०।७५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बैसाख २७ गते बुकक्लोज गर्ने भएको हुदाँ बैसाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम साखाबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण साखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij