Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बालुवाटारमा सत्ता गठबन्धन बैठक: बजेटमा बढेको असन्तुष्टि सम्बोधनको प्रयास

बालुवाटारमा सत्ता गठबन्धन बैठक: बजेटमा बढेको असन्तुष्टि सम्बोधनको प्रयास


  • 2.1K
    Shares

    बालुवाटारमा सत्ता गठबन्धन बैठक: बजेटमा बढेको असन्तुष्टि सम्बोधनको प्रयास

    काठमाडौँ । आज बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ । 

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,अर्थमन्त्री डा.प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् । 

    नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका हुन् । गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी नै दिएका छन् । 

    सोही क्रममा आइतबार र सोमबार दुवै दलका सांसदहरूले प्रधानमन्त्री र प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् । सोमबार माधव नेपालसहितका समाजवादीका सांसदहरू बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर बजेट सच्चाउन आग्रह गरेका थिए ।

    त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा.महतलाई के गर्न सकिन्छ भन्दै गर्न भने पनि उनीहरू बजेट सच्चिनेमा विश्वस्त हुन सकेका थिएनन् । सत्ता गठबन्धनमा रहेका दलहरू आश्वस्त हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १२:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij