Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

असारमा निक्षेपको ब्याज परिवर्तन नहुने, कर्जाको घट्ने

असारमा निक्षेपको ब्याज परिवर्तन नहुने, कर्जाको घट्ने


  • 2.8K
    Shares

    असारमा निक्षेपको ब्याज परिवर्तन नहुने, कर्जाको घट्ने

    काठमाडौँ । आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए)को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । 

    हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । 

    सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले जानकारी दिए । 

    यता, कर्जाको ब्याजदर भने घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको छ । 

    जसले बैंकहरुमाथि ब्याजदर घटाउनुपर्ने बाध्यता आइलागेको छ । सँगै केन्द्रीय बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको अध्यक्ष केसीले बताए । 

    हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन् ।  

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १२:३२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij