२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तिय चेतनाको लागि खाता सम्बन्धी जनचेतनामूलक सूचना जारी गरेको छ ।
आज मंगलबार केन्द्रीय बैंकले जारी गरेको सुचना अनुसार अब बैंकमा खाता खोल्दा सेवाग्राहीबाट कुनै सेवा शुल्क लिन नपाइने भएको छ । बैंकले आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा बैंक तथा वित्तीय संस्थाहरूले कुनै शुल्क लिन नपाउने पुनः अवगत गराएको हो ।
यस्तै, सेवाग्राहीको वित्तीय कारोबारमा बैंक तथा वित्तीय संस्थाबाट जारी हुने चेक (गुड फर पेमेन्ट चेकसमेत), चेकको कारोबार रोक्का गर्दा, ब्यालेन्स सर्टिफिकेशन गर्दा, खाता सञ्चालन गर्दा तथा खाता बन्द गर्दा समेत कुनै शुल्क लिन नपाइने केन्द्रीय बैंकले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij