Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

७.७९ अंकको वृद्धि सेयर बजारमा, कारोबार रकम बढेन

७.७९ अंकको वृद्धि सेयर बजारमा, कारोबार रकम बढेन


  • 2.2K
    Shares

    ७.७९ अंकको वृद्धि सेयर बजारमा, कारोबार रकम बढेन
    images

    काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएर १९८७.८७ विन्दुमा अडिएको छ।  २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा खरिद बिक्री भयो।

    कारोबार रकम आइतबारको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ४५ करोड ४३ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो। 

    आज १२६ कम्पनीको मूल्य घट्दा ८९ को बढ्यो भने बाँकी ८ को मूल्य स्थिर रह्यो। सामान्य अंकले बढेको सेयर बजारमा पाँच कम्पनीको  मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अभियान लघुवित्त वित्तीय, कालिञ्चोक दर्शन, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी,सिटी होटल  र चन्द्रगिरि हिल्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो होटलको १५ करोड बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको १० करोड र शिव श्री हाइड्रोपावरको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य घट्यो भने बाँकी ६ को बढ्यो। बैंकिङ, होटल्स एन्ड  टुरिजम,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स र अदर्श उपसमूहको सूचक बढ्दा बाँकी ७ को मूल्य घटेको हो।

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १४:५४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij