Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

असार १ गतेदेखि विद्यालय बन्द गर्ने कर्मचारीको चेतावनी 

  • 3.0K
    Shares

    असार १ गतेदेखि विद्यालय बन्द गर्ने कर्मचारीको चेतावनी 

    काठमाडौं । विभिन्न माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयका कर्मचारीले रिले अनशन थालेका छन् ।

    न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले सोमबारदेखि काठमाडौंको भद्रकालीमा रिले अनशन सुरु गरेका छन् ।

    उनीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिक र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

    सो समितिका अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरे पनि सरकारले शिक्षकलगायत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको जिकिर गरे । आफूहरूका माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

    आउँदो असार १ सम्म रिले अनशनमा बस्ने र माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १४:४१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij