Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सनराइज बैंकद्वारा वीरगन्जमा २४० स्थानीयको निःशुल्क ओपीडी सेवा तथा आँखा जाँच

सनराइज बैंकद्वारा वीरगन्जमा २४० स्थानीयको निःशुल्क ओपीडी सेवा तथा आँखा जाँच


  • 2.5K
    Shares

    सनराइज बैंकद्वारा वीरगन्जमा २४० स्थानीयको निःशुल्क ओपीडी सेवा तथा आँखा जाँच
    images

    काठमाडौँ । सन्राइज बैंक लिमिटेडले निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेका छ ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेका हो । 

    निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरिएको थियो । संचालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए । 

    शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी  हुँदै बैंकले सो शिविर आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए । शुक्रबार उक्त कार्यक्रमको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुख शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरका मुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितीमा भएको थियो । 

    दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १६:४९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij