Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ज्ञानेन्द्र शाहीले संसद् बैठकमा अराजकता देखाएः सांसद दाहाल

ज्ञानेन्द्र शाहीले संसद् बैठकमा अराजकता देखाएः सांसद दाहाल


  • 1.5K
    Shares

    ज्ञानेन्द्र शाहीले संसद् बैठकमा अराजकता देखाएः सांसद दाहाल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् । 

    आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद् बैठकमा अराजकता देखाएको बताए ।  उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे । उनले संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न सुझाव दिए । 

    सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे ।  नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलीभन्दा बाहिर गएर बोलेको उल्लेख गरे ।  सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाई छ । उनले संसद् बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे । 

    सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा (एमाले) नागरिकता विधेयकलाई स्विकार्ने अवस्थामा पुगेको उल्लेख गरे । 

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १६:३७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij