Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा


  • 2.9K
    Shares

    ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ । राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । 

    “प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ,” शाहीले भने, “३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन ।”

    शाहीको भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीविरुद्ध नियोजितरुपमा गैरराजनीतिक तरिकाले लागिरहेको भन्दै उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १५:०२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij