Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सत्ता गठबन्धन टुट्दैन, तत्काल एमालेसँग सहकार्य हुँदैन्: रामहरि खतिवडा

सत्ता गठबन्धन टुट्दैन, तत्काल एमालेसँग सहकार्य हुँदैन्: रामहरि खतिवडा


  • 2.2K
    Shares

    सत्ता गठबन्धन टुट्दैन, तत्काल एमालेसँग सहकार्य हुँदैन्:  रामहरि खतिवडा

    काठमाडौँ । नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने दावी गरेका छन् । लोकतन्त्रको लागि सँगै लडेको नेकपा एमालेसँग पनि ढिलोछिटो सहकार्य भने हुनसक्ने पनि उनको भनाइ थियो । 

    शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा सांसद खतिवडाले देश बनाउने अभियानमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । उनले अरुको आलोचना गरेर मुलुक निर्माण हुन्छ भन्ने विश्वास आफुलाई नभएको पनि बताए । 

    सांसद खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने बताए । उनले भने,‘हामीलाई पनि लागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होइन । यो लेनदेनमात्रै होइन, यो आचरणको पनि कुरा हो । चर्चामा आएका कुराहरु जो छन्, नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा छ, नेपाली कांँग्रेसले निष्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने–कोही निर्दोष फस्नुहुँदैन अनि दोषी उम्कनुहुँदैन ।’

    सांसद खतिवडाले कसैले पोलेकै आधारमा मान्छे समात्ने हो भने धेरै जनाको नाम बाहिर आएको सुनाए । उनले भने,‘यो प्रकरणमा मैले पनि धेरैको नाम सनुेको छु, केपी ओलीको पिएको नाम आएको छ। बादल दम्पत्तिको नाम आएको छ। अख्तियार प्रमु्ख प्रेमकुमार राईको पनि नाम चर्चामा छ । म भन्न चाहन्छु की प्रहरी कसैको दबाबमा नपरोस । यो प्रकरणमा प्रहरीलाई म गहनताका साथ छानबिन गर्न अनुरोध गर्दछु । हद म्यादका कारण कोही अपराधी नउम्किनु।’ 

    सो क्रममा उनले यति, ओम्नी, बालुवाटार प्रकरणलगायत सबैमा गम्भीर छानबिन हुनुपर्ने माग गरे । उनले थपे,‘प्रधानमन्त्री होस वा उपप्रधानमन्त्री होस, बालुवाटारको जग्गा लिएर फिर्ता गर्दैमा अपराधी हुँदैन भन्न सकिन्छ र ?’

    खतिवडाले प्रचण्डको भारत भ्रमण सफल नै भएको दाबी गरे । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र पहिरिने काम गरेको तर कुनै ठूला सन्धि र सम्झौता भएनन् भनेर चर्चा भएपनि भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सम्झौता हुनु ठूलो उपलब्धि र खुशीको विषय भएको उल्लेख गरे । 

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १५:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij