Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सर्वोच्चमा प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता

सर्वोच्चमा प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता


  • 3.2K
    Shares

    सर्वोच्चमा प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता

    काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईविरुद्ध रिट दर्ता भएको छ ।

    सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बाल सेनाको रूपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध रिट दर्ता गरेका हुन् ।

    यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै रिट दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

    हेर्नुहोस् यस्तो छ प्रचण्ड र बाबुरामविरुद्ध दर्ता भएको रिट

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १३:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij