Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन, ५ पक्राउ

गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन, ५ पक्राउ


  • 2.0K
    Shares

    गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन, ५ पक्राउ

    धनगढी । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो ।

    समितिका संयोजक लोकराज पाण्डेले आजको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता रहेको बताए । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ ।

    यसैबीच यहाँको शैक्षिक सङ्घ संस्था, कल कारखाना, यातायातलगायत बिहानैदेखि चल्न सकेका छैनन् । यसैबीच सुदूरपश्चिमस्थित संयुक्त यातायात व्यवस्थापन मूल समितिले बन्दमा आफ्नो ऐक्यबद्धता जनाउँदै यातायातका साधन नचल्ने जानकारी गराएको छ ।

    मूल समितिका संयोजक पदमराज सापकोटाले एक विज्ञप्ति नै जारी गर्दै सो कुरा जनाएको हो । सङ्घर्ष समितिले केही सातादेखि आन्दोलनको घोषणा गरेको हो ।सरकार विरुद्ध प्रदर्शन गर्दै आएको सङ्घर्ष समितिले आज आमहड्ताल गरेको हो ।

    सङ्घर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ । सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि स्थानीयले सङ्घर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् ।

    यसैबीच सङ्घर्ष समितिको संयोजक लोकराज पाण्डेले राज्यले सुदूरपश्चिमलाई ठग्दै आएको बताए । कुनै पनि राष्ट्रियको गौरवको योजना यहाँ सञ्चालन हुन नसकेको बताउँदै उनले पछिल्लो समय विश्वविद्यालय बनाउने निर्णय गरे पनि प्रतिष्ठान बनाउने भनेर हाल सुदूरपश्चिमबासीलाई गुमराहामा पारेको बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ । 

    यसैबीच धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्धकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १०:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij