Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक


  • 2.3K
    Shares

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

    काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् । 

    बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । 

    यो योजनाअन्र्तगत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु.१०० सम्म क्यासब्याक पाउनेछन् । यो योजना सिमित अवधिको लागि लागू रहने छ ।

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

    बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन एवम् राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १५:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij