Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मेटलाइफ नेपालद्वारा बिमाशुल्क भुक्तानी सङ्कलनका लागि डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन प्रारम्भ 

मेटलाइफ नेपालद्वारा बिमाशुल्क भुक्तानी सङ्कलनका लागि डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन प्रारम्भ 


  • 2.9K
    Shares

    मेटलाइफ नेपालद्वारा बिमाशुल्क भुक्तानी सङ्कलनका लागि डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन प्रारम्भ 
    images

    काठमाडौँ ।  मेटलाइफ नेपाल बिमा कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कसँग सहकार्य गरी बिमाशुल्क भुक्तानीका लागि डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन (ई–मान्डेट) सुविधा सक्षम पार्ने गरी साझेदारी गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको राष्ट्रिय भुक्तानी इन्टरफेस  प्रणालीद्वारा सो सुविधा मेटलाइफ नेपालले नेपालको बिमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याएको हो ।

    मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बिमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्थायी निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

    उक्त सुविधाको सदस्यता अन्तर्गत ग्राहकहरूले बिमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैङ्क खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिनसक्नेछन् । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि, सुविधाको प्रक्रिया पुरा हुनेछ ।

    ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । ग्राहकहरूले यो सुविधाको सदस्यता लिन सक्छन् र निश्चित मितिहरूमा त्यस्ता भुक्तानीहरू डिजिटल रूपमा गरिन्छ भन्ने कुरामा विश्वस्त हुन सक्छन् । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरूले निरन्तर रूपमा यसको फाइदा लिन सक्नेछन् ।

    स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले भने, “मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्यान्डर्ड चार्टर्ड बैङ्क बीचको सहकार्यको यो उत्कृष्ट उदाहरण हो । हामी विश्वस्त छौँ कि यो विकास र प्रवृत्तिले बिमा र बैंकिङ उद्योगको लागि बिमा शुल्क सङ्कलन प्रक्रियालाई परिवर्तन गर्नेछ ।” 

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - ०९:५१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij