Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल


  • 2.2K
    Shares

    निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल

    काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।

    अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।

    निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज  छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिए । 

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - ०९:२३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij