Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोशीका उपसभामुख सृजना र एमाले नेता राम रानामाथि दुर्व्यवहार

कोशीका उपसभामुख सृजना र एमाले नेता राम रानामाथि दुर्व्यवहार


  • 2.3K
    Shares

    कोशीका उपसभामुख सृजना र एमाले  नेता राम रानामाथि दुर्व्यवहार

    विराटनगर । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो ।

    बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताए ।  रानाले आफू सवार गाडीमा कालो मोबिल पोखिएको बताएका छन् ।

    ‘इलामबाट भित्रीबाटो तराई फर्कदै थिएँ मुढाले बाटो छेकेर गाडीमा मोबिल हाले’, उनले भने, ‘शान्तिपूर्ण आन्दोलन भन्थे तर त्यस्तो देखिएन ।’ आन्दोलनकारीले ढुंगा पनि प्रहार गरेका थिए ।

    पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पनि दुर्व्यवहार गरेका छन् । उनी चढेको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएका थिए । त्यस क्रममा पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।

    फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा रहेका छन् ।

    आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १४:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij