Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कार्डको प्रयोगबिना नै ज्योति विकास बैंकका ग्राहकले एटीएमबाट पैसा झिक्न सक्ने

कार्डको प्रयोगबिना नै ज्योति विकास बैंकका ग्राहकले एटीएमबाट पैसा झिक्न सक्ने


  • 3.1K
    Shares

    कार्डको प्रयोगबिना नै ज्योति विकास बैंकका ग्राहकले एटीएमबाट पैसा झिक्न सक्ने
    images

    काठमाडौँ । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै  एटीएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । 

    यो सुविधा अन्तर्गत ग्राहक वर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओपीटी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

    डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको बैंकको भनाइ छ । 

    बैंकको मोबाइल बैकिङ एप  ज्योती स्मार्ट तथा वेब ब्राउजर ज्योति स्मार्ट।जेबीबीएल।कम।एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

    बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योती स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने क्यासलेस विडरल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । 

    तत् पश्चात्, ज्योति विकास बैंक कै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ओपीटी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

    डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

     

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १२:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij