२०८२ माघ १० गते शनिवार
काठमाडौँ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको एफपीओ बाँडफाँड गरेको हो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो।
उक्त एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरीएको छ। जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँड गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij