२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा १ जना नर्सका श्रीमान् मृत अवस्थामा फेला परेका छन् ।
नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । उनका अनुसार भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।
‘श्रीमतीलाई उनले नै अस्पताल पुर्याउने गर्दा रह्छन्' ,पहिले त्यहींको क्वार्टरमा पनि बस्नु भएको रहेछ’ रिजालले भने, ‘पछिल्लो समय बाहिर डेरा गरि बसेका थिए ।’
घटनास्थलमा प्रहरी सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त,कालीमाटीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij