Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्रीको राजीनामा


  • 2.1K
    Shares

    कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

    विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनु पर्ने कांग्रेसको माग छ ।

    कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

    मुख्यमन्त्री कार्कीले भने संसद अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका छन् । अध्यादेश मार्फत बजेट ल्याए प्रदेशमा झन अस्थिरता थपिने कांग्रेसको दाबी छ ।

    ‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र  प्रदेशमा झन समस्या थप्न तिर उद्धत भएको प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘‘लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्ग प्रशस्त गर्न समेत आग्रह गर्दछौं ।’

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १६:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij