२०८२ माघ १३ गते मंगलवार
हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री प्रचण्डको तर्क छ ।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे । उनले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्याए ।
उनले बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले पत्रकारहरूसँगको कुराकानीमा गरेको बताए । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालका लागि ठूलो कुरा भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणका क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दाबीसमेत गरे । उनले आफूले भारत भ्रमणका क्रममा खर्बौंको लगानी भित्र्याउने गरी सहमति गरेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij