Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अल्पमतमा परेपछि कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन

अल्पमतमा परेपछि कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन


  • 1.7K
    Shares

    अल्पमतमा परेपछि कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन

    विराटनगर । कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद  गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।

    समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् ।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ११:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij