Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरण: आजबाट अभियुक्त पक्षका वकिलहरूको बहस सुरु 

नक्कली भुटानी शरणार्थी प्रकरण: आजबाट अभियुक्त पक्षका वकिलहरूको बहस सुरु 


  • 1.6K
    Shares

    नक्कली भुटानी शरणार्थी प्रकरण: आजबाट अभियुक्त पक्षका वकिलहरूको बहस सुरु 
    images

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुनेछ । हिजो  सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् । 

    बहसका लागि पूर्व महान्यायाधिवक्ता, नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समय  अनुसार सरकारी वकिलले तीन दिनमा बहस सकाएपछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलले बहसका लागि ६ दिनको समय पाउनेछन् । 

    जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ । 

    गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने  तर्क गर्दै आएका छन् ।

    यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र जीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।

     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ०९:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij