Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको नमावली सार्वजनिक (सूचीसहित)

छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको नमावली सार्वजनिक (सूचीसहित)


  • 2.5K
    Shares

    छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको नमावली सार्वजनिक (सूचीसहित)

    काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पठाउने विद्यालयको नमावली सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणको विवरण सार्वजनिक गरिएको हो ।

    महानगरको सूचना बमोजिम जेठ २३ गते १२ बजेसम्म छात्रवृत्ति वितरण गरी काठमाडौं महानगरपालिका, शिक्षा विभागमा पेस गर्ने विद्यालयको नामावली सार्वजनिक गरेको जनाएको छ ।

    त्यसैगरी काठमाडौं महानगरपालिकाले छत्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने संस्थागत विद्यालयको नामावली जेठ २३ गते सार्वजनिक गरेको थियो । महानगरले सूचना मार्फत जेठ १५ गते भित्र छात्रवृत्ति वितरण गरि सोको जानकारी जेठ १६ गतेसम्म अनिवार्य पेस गर्न भनिएको पनि केही निजी विद्यालयले विवरण उपलब्ध नगराएपछि नामावली सार्वजनिक गरेको हो । साथै जेठ २८ गतेभित्र नियमअनुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा शिक्षा ऐन २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुन बमोजिम कारबाही गरिन समेते चेतावनी दिएको छ ।

    छात्रबृत्ति वितरणकाे विवरण पठाउने विद्यालयकाे नामावली ।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ०९:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij