Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विकास कोषकै सदस्यबाट ठगिन्छन् पशुपतिनाथ

विकास कोषकै सदस्यबाट ठगिन्छन् पशुपतिनाथ


  • 2.9K
    Shares

    विकास कोषकै सदस्यबाट ठगिन्छन् पशुपतिनाथ

    पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसवापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ । व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग गरेबापतको भाडा बुझाउन अटेरी गर्दा लामो समयसम्मको रकम उठ्न बाँकी छ ।

    महालेखा परीक्षकको प्रतिवेदन अनुसार पशुपति क्षेत्र विकास कोषले पनि आम्दानी तथा खर्चका शीर्षक, सम्पत्ति कोषको वर्गीकरण, व्याख्यालगायत लेखा नीति र निर्देशिकासमेत तयार गरेको छैन । कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डन कोषका पदाधिकारीहरूको कमजोरीका कारण व्यवसायीले भाडा तिर्न आनाकानी गरेको बताउँछन् ।

    यस्तै मन्दिरपरिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा रकम बुझाएका छैनन् । कोषका अनुसार महिनाको ५ सय रूपैयाँ मात्र भाडा भए पनि उनीहरूले बुझाउन आनाकानी गरेका छन् ।

    कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पटकपटक ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ। पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावलीमा पशुपतिनाथ क्षेत्रभित्र पूजा सामग्रीको व्यापार गर्न अनुमति लिनुपर्छ र त्यसको अनुगमन कोषले गर्नुपर्छ । यो समाचार नागरिक दैनिकमा छ ।

     
     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ०६:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij