२०८२ माघ १३ गते मंगलवार
नेकपा एमालेले १० वर्षअघि राखेको नेताहरुको ७० वर्षे उमेर हद हटाउने तयारी गरेको छ।
काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट नेताहरुको उमेर हद ७० वर्ष राखिएको थियो। १० औँ महाधिवेशनमा पनि यही व्यवस्थाअनुसार नेताहरु चुनाव लडेका थिए। यही जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउनेसम्बन्धी प्रस्ताव पारित गरेको छ। त्यसअनुसार अब विधान महाधिवेशन गरेर अहिलेको व्यवस्था संशोधन गर्न लागिएको एमालेका एक उच्च नेताले बताए।
‘७० वर्षे उमेर हदको प्रावधान हटाउनेसम्बन्धी प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय भएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘विधान संशोधन गरेर ७० वर्ष पुगे पनि महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था राखिनेछ।’ यो व्यवस्था कार्यान्वयनमा आए अध्यक्ष केपी शर्मा ओली फेरि एमालेको अध्यक्ष उठ्ने ढोका खुल्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij