काठमाडौँ । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् ।
बैंकले जेठ २२ गते बसेको संचालक समितिको ६३० औँ बैठकले बैंकको कम्पनी सचिवालयका प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असार १ गतेदेखि लागु हुनेगरी बैंकले नियुक्त गरेको हो ।