Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय

कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय


  • 1.7K
    Shares

    कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय

    विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताए ।

    जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।

    यद्यपि सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस प्रदेश सांसद कार्की बताउँछन् ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १३:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij