Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने काठमाडौंका ३४२ निजी विद्यालयको नामावली सार्वजनिक

छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने काठमाडौंका ३४२ निजी विद्यालयको नामावली सार्वजनिक


  • 2.5K
    Shares

    छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने काठमाडौंका ३४२ निजी विद्यालयको नामावली सार्वजनिक

    काठमाडौं महानगरपालिकाले छत्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने संस्थागत विद्यालयको नामावली सार्वजनिक गरेको छ । महानगरले सूचना मार्फत जेठ १५ गते भित्र छात्रवृत्ति वितरण गरि सोको जानकारी जेठ १६ गतेसम्म अनिवार्य पेस गर्न भनिएको पनि केही निजी विद्यालयले विवरण उपलब्ध नगराएपछि नामावली सार्वजनिक गरेको हो ।

    काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा ५० को उलङघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको नामावली सार्वजनिक गरिएको जनाएको छ ।

    साथै जेठ २८ गतेभित्र नियमअनुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा शिक्षा ऐन २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

    school notice.JPG

     

     

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - ०५:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij