Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा असार ११ गते, यो बर्ष शेयरधनीले लाभांश नपाउने

विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा असार ११ गते, यो बर्ष शेयरधनीले लाभांश नपाउने


  • 2.0K
    Shares

    विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा असार ११ गते, यो बर्ष शेयरधनीले लाभांश नपाउने

    काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभाको मिति र स्थान तय गरेको हो । सभा फिस स्टेशन एण्ड रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा सभा गर्नेकम्पनीले जनाउको छ । 

    सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङसम्बन्धी कार्यहरू गर्न प्रबन्धपत्र संशोधनको प्रस्तावसमेत पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्य पनि सभाले गर्नेछ ।

    यो वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । गत वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ देखि १० गतेसम्म बुक क्लोज गर्दै छ । यसको आधारमा असार ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १५:२५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij