Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रोष्ट्रमबाट जवाफ दिइरहेका प्रधानमन्त्रीलाई पटक-पटक अवरोध

रोष्ट्रमबाट जवाफ दिइरहेका प्रधानमन्त्रीलाई पटक-पटक अवरोध


  • 2.6K
    Shares

    रोष्ट्रमबाट जवाफ दिइरहेका प्रधानमन्त्रीलाई पटक-पटक अवरोध

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने क्रममा प्रतिपक्ष दलका सांसदले नाराबाजी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा नाराबाजी गरिएको हो ।

    संसद्को नियमावलीअनुसार प्रधानमन्त्रीलाई ‘स्पष्टीकरण’ सोधिसकेपछि पुनः प्रश्न गर्न पाइँदैन ।

    प्रधानमन्त्रीले ‘संसद्ले दुईपटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको विधेयक यो संसद्मा विचाराधीन होइन’ भन्ने तर्क गर्दा नेकपा (एमाले)का सांसदहरूले होहल्ला गरेका थिए ।

    सभामुख देवराज घिमिरेले पटक–पटक प्रधानमन्त्रीलाई कुरा राख्न दिन अग्रह गर्दा समेत एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले प्रधानमन्त्रीलाई बोल्न नदिने गरी आवाज उठाइरहेका छन् । त्यति बेल प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममै उभिइरहेका थिए ।

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १४:०३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij