Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरोध गर्ने एमालेको तयारी

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरोध गर्ने एमालेको तयारी


  • 1.8K
    Shares

    प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरोध गर्ने एमालेको तयारी

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा जवाफ माग्ने भएको छ ।

    आज संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा विशेष समयमा बोल्ने तयारी रहेको थियो । तर राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

    एमालेका प्रमुख सचेतक पदम गिरीले संसद् छलेर राष्ट्रपतिले असंवैधानिक ढंगबाट विवादास्पद र मृत भइसकेको नागरिकता विधेयक पारित गरिनु सामान्य विषय नरहेको बताए ।

    त्यस्तै प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको राष्ट्रिय अखण्डताविरुद्धको अभिव्यक्ति दिएकोमा माफी मागेर फिर्ता लिनुपर्ने गिरीले बताए । प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ ।

    एमालेले भने संविधान र राष्ट्रिय अखण्डाविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका गतिविधिबारे माफी मागेर फिर्ता नलिएसम्म सदनको नियमित कारवाही अघि बढ्न नसक्ने ठहर गरेको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - ०९:५९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij