Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नवलपरासीमा भ्यानको ठक्करबाट एकको मृत्यु, दुई घाइते

नवलपरासीमा भ्यानको ठक्करबाट एकको मृत्यु, दुई घाइते


  • 2.1K
    Shares

    नवलपरासीमा भ्यानको ठक्करबाट एकको मृत्यु, दुई घाइते

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियास्थित हुलाकी सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार उपचारका क्रममा रामग्राम नगरपालिका–१६ का ३३ वर्षका केशवप्रसाद यादवको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ७० प ४०५४ नम्बरको मोटरसाइकललाई लु १ च ६७९९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो । घाइतेमध्ये नेमनारायण चौधरीको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं रिफर गरिएको छ । इन्दल चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलमा तीन जना सवार रहेको र ठक्कर दिने सवारी र चालकलाई जिल्लाको सुनवल नगरपालिका भुमहीबाट नियन्त्रणमा लिइएको छ ।

     

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १५:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij