२०८२ भाद्र २ गते सोमवार
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ६ चिमलडाँडामा शुक्रबार ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका ५ लिताकोट निवासी १६ वर्षीय ट्याक्टर सह चालक विकास सुनारको मृत्यु भएको हो । प्रहरी कार्यालय जुम्लाका अनुसार चिलिमडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा आउँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।
घाइते सुनारको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार चालक फरार छन् । ट्याक्टर मालिकसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij